logo bikalpa
१९ आश्विन २०७९, बुधबार
१९ आश्विन २०७९, बुधबार

नारायणीमा पानीको बहाव बढ्ने सम्भावना, सतर्कता अपनाउन अनुरोध

cropped-bs-author.jpeg
proadmin
प्रकाशित मिति:
१० श्रावण २०७८, आईतवार
Share it

चितवन, साउन १०-

नारायणीसहित माहाकाली र यिनका सहायक नदीहरूमा आज पानीको बहाव बढ्ने सम्भावना रहेको छ ।

केहीमा सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।

कोसी र कर्णालीका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज संखुवासभा, खोटाङ, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कैलाली र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । पहाडी क्षेत्र भएर बग्ने मस्र्याङदी, त्रिशुली, सेती जस्ता नदीहरुमा बहाब बढेसँगै नारायणी नदीमा स्वत बहाब बढ्ने मौसम विभागले अनुमान गरेको छ । चितवन र नवलपरासी आशपासका नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७ ९८५७०४०४८६ +९७७ ९८६३८३१००४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक : उत्सव आचार्य
प्रबन्ध निर्देशक : उर्मिला शर्मा
सम्पादक : ध्रुव जंङ थापा, सह-सम्पादक : कृष्ण पौडेल

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram