logo bikalpa
२१ आश्विन २०७९, शुक्रबार
२१ आश्विन २०७९, शुक्रबार

स्वोर्गीय पुष्पराज सुबेदी ज्युको स्मृतिमा खुला नक आउट क्यारम बोर्ड प्रतियोगिता

cropped-bs-author.jpeg
proadmin
प्रकाशित मिति:
५ चैत्र २०७८, शनिबार
Share it
देवचुली / पुर्बी नवलपरासी देवचुली नगरपालिकामा रहेको नवप्रगति युवा क्लब ले खुला नक आउट क्यारम बोर्ड प्रतियोगिता आयोजना गरेको छ। आज बाट सुरु भएको क्यारम बोर्ड प्रतियोगिता स्वोर्गीय पुष्पराज सुबेदी ज्युको स्मृतिमा आयोजना गरिएको क्लबका अध्यक्ष सुरज सुबेदीले जनाकारी दिए।

आज बिहान करिब नौ बजे बाट सुरु भएको क्यारम बोर्ड प्रतियोगितामा ५४ जना प्रतिस्पर्दी खेलाडीहरुको सहभागिता रहेको थियो। क्यारम बोर्ड प्रतियोगितालाई मर्यादित ढंगबाट सम्पन्न गर्नका लागि एम्पायर रेफ्रीका रुपमा राजु श्रेष्ठ र नारायण तिमिल्सिना रहेका छन् भने, आज साझ सम्म प्रथम चरणको प्रतियोगिता खेलाइने र भोलि फाइनल प्रतियोगिता खेलाइने म्पायर नारायण तिमिल्सिनाले बताए। क्यारम बोर्ड प्रतियोगितामा बिजेता हुने प्रथम, द्वितीय र तृतीय खेलाडीहरु लाई क्रमस नगद रु १०,०००/-, ६,०००/- र ३,०००/- सहित प्रमाण पत्र रहेको छ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७ ९८५७०४०४८६ +९७७ ९८६३८३१००४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक : उत्सव आचार्य
प्रबन्ध निर्देशक : उर्मिला शर्मा
सम्पादक : ध्रुव जंङ थापा, सह-सम्पादक : कृष्ण पौडेल

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram