रुसले युक्रेनमाथि जारी शान्ति वार्ता लम्ब्याउन खोजेको आरोप लगाएको छ ।
४ फागुन, काठमाडौं। रुसले युक्रेनमाथि जारी शान्ति वार्ता लम्ब्याउन खोजेको आरोप लगाएको छ ।
बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनमाथि जारी शान्ति वार्ता लम्ब्याउन खोजेको आरोप लगाएका हुन् ।
रुसी प्रतिनिधि मण्डल चाँडोभन्दा चाँडो निकास निकाल्न तयार रहेको भए पनि युक्रेनी प्रतिनिधि मण्डलले आलटाल गर्न खोजेको उनको भनाइ थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘युद्ध अपराधी’ भनेर पुटिनलाई ‘व्यक्तिगत रुपमा अपमान’ गरेको पनि पेस्कोभले बताए । बाइडेनले रिस, थकान र बिर्सने बानीका कारण त्यस्तो टिप्पणी गरेको पनि उनको भनाइ थियो ।
रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको आज २३ दिन पुगिसकेको छ । रुसी सेनाले विभिन्न शहरमा हवाइ आक्रमण जारी राखे पनि युक्रेनी सेनाको कडा प्रतिरोधका कारण सोचे अनुसार अघि बढ्न सकेको छैन ।
यसैबीच, युक्रेनले युद्धमा परी १४ हजार दुई सय रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ । तर दुबैतर्फ के-कति मानवीय क्षति भयो भनेर अझै पुष्टि हुन सकेको छैन ।
यता जारी युद्धका कारण मानवीय संकट गहिरिँदै गएको छ । युद्ध सुरु भएयता युक्रेनबाट पोल्याण्ड भागेर जाने मानिसको संख्या २० लाख पुगिसकेको छ । पोल्याण्डको सीमा सुरक्षा बलले ट्विट गर्दै शुक्रबारसम्म युक्रेनबाट भागेर आउनको संख्या २० पुगेको जनाएको हो । एजेन्सीको सहयोगमा
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली