logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

फोहोर व्यवस्थापनमा माडी नगरपालिका अलमलमा, ल्याण्ड फिल साइट बनाउन बजेटको खोजी

cropped-bs-author.jpeg
proadmin
प्रकाशित मिति:
१० चैत्र २०७८, बिहीबार
Share it

माडी नगरपालिका बनेको आधा दशक बढी भइसक्दा पनि फोहोर व्यवस्थापन दीर्घकालिनरुपमा हुन सकेको छैन ।

भर्खर शहरीकरण बढ्दै गएकोले पनि फोहोर व्यवस्थापनबारे प्रारम्भिक अध्ययन र अनुसन्धानमा नै नगरपालिका अलमल परेको हो ।

प्रत्येक हप्ताको आइतबार नगरपालिकाको फोहोरलाई संकलन गरेर अस्थायी सरसफाई केन्द्रमा जम्मा गरिन्छ । नकुहिने फोहोरलाई छुट्याएर, रिसाइकलमा जाने वस्तुहरुलाई बिक्री गरिन्छ । अन्य फोहोरहरु अस्थायी केन्द्रमा भण्डारण राखिन्छ । घरघरमा कुहिने फोहोरबाट मल बनाउन नगरपालिकाले नागरिकलाई सचेत गराउँदै आएको छ । नगरपालिकाको जनघनत्व कम भएकोले पनि कति फोहोर उत्पादन हुन्छ भनेर नगरपालिका अध्ययनको प्रारम्भिक चरणमा नै रहेको छ ।

माडी नगरपालिकाकी उपमेयर ताराकाजी कुमारी महतोले माडीमा व्यवस्थितरुपमा फोहोर संकलनको काम नभएको बताइन् । उनले भनिन्, ‘दीर्घकालिनरुपमा फोहोर व्यवस्थापनको लागि ल्याण्डफिल साइड स्थापना गर्ने भनिए पनि जग्गा पाउन नै सकेका छैनौं । निकुञ्जको कारणले पनि जंगलको छेउछाउमा फोहोर फाल्न मिल्दैन । ’

फोहोर व्यवस्थापनको लागि डम्पिङ साइट नहुँदा माडी कुरुप हुँदै जाने होकि भन्ने स्थानीयको चिन्ता छ । माडी नगरपालिकाले फोहोरलाई मोहरमा परिणत गर्ने भने पनि त्यो नारामा नै सीमित देखिएको छ ।

माडी नगरपालिकाका योजना शाखा प्रमुख शिवप्रसाद सुवेदीले डम्पिङ साइट बनाउने मेघा परियोजना भएकोले संघीय सरकारसँग बजेटको आशामा रहेको बताए । उनले माडीमा फोहोर व्यवस्थापनको दीर्घकालिन योजना बनाउन अहिले आफूहरु तथ्यांक संकलनकै चरणमा रहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘माडीमा जनघनत्व कम छ । प्राय सबैको एक गठ्ठा बढी जग्गा पनि छ । कुहिने फोहोरलाई घरमा नै व्यवस्थापन गरेका छन् भने बाँकी फोहोर धेरै संकलन हुँदैन । ’ फोहोरबारे अध्ययन प्रतिबेदन आइसकेपछि दीर्घकालिन योजना बनाउन जुट्ने उनले बताए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram