काठमाडौं । कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको फिल्म ‘षट्कोण’ वैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
फिल्मबारे जानकारी दिन शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरियो । फिल्मका निर्देशक मिलन डी काप्रीले ‘षट्कोण’ युवाको समूहले बनाएको मनोवैज्ञानिक थ्रिलर भएको बताए ।
‘नेपालमा बन्ने अन्य फिल्मभन्दा फरक ढंगले फिल्म बनाउने प्रयास गरेका छौं,’ उनले भने, ‘यसमा हिरो हिरोइनको फाइट र नाचगान छैन, तर कथा सुहाउँदो गीत चाहिं राखेका छौं ।’ नेपालमा फरक खालको फिल्म निर्माण गरेकाले साथ दिन निर्देशक काप्रीले दर्शकलाई आग्रह समेत गरे ।
पत्रकार सम्मेलनमा अभिनेता कर्माले स्टार बन्न आफू नेपाली फिल्म क्षेत्रमा नआएको बताए । ‘मेरो नामको अर्थ स्टार अर्थात् तारा भएपनि म तारा बन्नको लागि फिल्ममा आएको होइन । मलाई तारा बन्नु पनि छैन । स्टार भनेको चम्किरहने हो । मैले नाम त रोजें त्यो बेग्लै कुरा हो । मलाई कलाकारिता गर्नुछ विशुद्ध भुईंमा बसेर । तर स्टार बन्ने मेरो इच्छा छैन,’ कर्माले भने ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली