logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

स्थानीय निर्वाचन : देवचुलीमा 'एक घर एक रोजगार जनता समाजवादीको उपहार'

cropped-bs-author.jpeg
ध्रुब जंग थापा
प्रकाशित मिति:
१८ बैशाख २०७९, आईतवार
Share it

राजन थकाली,

देवचुली नगरपालिकामा 'एक घर एक रोजगार जनता समाजवादीको उपहार' भन्ने मूल भाव सहित जनता समाजवादी पार्टी मतदाताहरुको घरदैलोमा ब्यस्त छन्।
जसपाका तर्फबाट नगर प्रमुख पदमा उम्मेद्वार रहेका कृष्ण गैह्रेले ह्याप्पी एफ एमको स्थानीय निर्वाचन बिशेष कार्यक्रम बटम लाईनमा बोल्दै उक्त नारा आफ्नो पार्टीको मूल योजना रहेको बताएका हुन्।
कार्यक्रममा गैह्रेले देवचुलीको पर्यटनलाई प्रवर्द्धन गर्न देवचुलीको चुचुरो देखि नारायणीको तिर सम्म मोटरबाटो पुर्याउने , भूगोलको पहिचान गरि कृषिको अवधारणा बनाउने र युवाहरुको क्षमता पहिचान गरि रोजगारको अवस्था सिर्जना गर्ने बताएका छन्।

नगर भित्रका जेस्ठ नागरिक , महिला , अपाङ्गता भएका व्यक्ति लगायत कृषकहरुलाइ उनीहरुको हकहित दिलाउनको लागि नयाँ अवधारणाको बिकास संगै सम्बंधित क्षेत्रमा छलाङ्ग मार्न अहोरात्र प्रयास गर्ने प्रतिवद्धता गरेका छन्।

साथै सामुदायिक विधालयमा कक्षा १० सम्म निशुल्क पठनपाठन गराउने र बिषेशत सुत्केरी महिलाहरुलाई भत्ताको व्यवस्था मिलाइने समेत बताएका छन्।
उनले सम्पूर्ण वडावासिहरुलाई आफ्नो महत्वपूर्ण मत दिएर सहयोग गर्न समेत आग्रह गरेका छन्।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram