logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

धिरजप्रताप सिंह नेपाल प्रहरीको आईजीपी नियुक्त

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१८ बैशाख २०७९, आईतवार
Share it

काठमाडौँ– सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका आईजीपी शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधिका कारण आजदेखि अनिवार्य अवकाशमा गएपछि सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो।

एआईजीहरु विश्वराज पोखरेल, सशकुल थापा र रवीन्द्र धानुक पनि आईजीपीको प्रतिस्पर्धामा भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको रोजाइमा परेपछि सिंहले नेपाल प्रहरीको कमाण्ड सहाल्ने मौका पाएको स्रोतले बतायो।

गृहमन्त्री खाँण भने विश्वराज पोखरेललाई आइजिपी बनाउने सोचमा थिए। यसैकारण आइतबार बिहान ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक दुई घन्टा ढिलो गरी बसेको हो।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram