logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

यस्ता छन् रत्ननगरको उपमेयरकी स्वतन्त्रबाट उमेदवार बिरञ्जना घिमिरेको प्रतिबद्धता

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१९ बैशाख २०७९, सोमबार
Share it

रत्ननगर । स्थानीय तहको निर्वाचनमा रत्ननगर नगरपालिकाको उपमेयर पदमा स्वतन्त्रतर्फ बिरञ्जना सापकोटा घिमिरेले उमेदवारी दिएकी छन् । निर्वाचन आयोगबाट चुनाव चिह्न पुतली पाएकी घिमिरेले आफ्नो चुनावी अभियान सशक्त ढङ्गबाट अगाडि बढाएकी छन् ।

घरदैलो अभियानमा होमिएकी बिरञ्जनाले रत्ननगर–१३, जयमंगलास्थित प्रचारप्रसार कार्यालयमा मंगलबार पत्रकार सम्मेलनमार्फत आफ्ना प्रतिबद्धताहरु प्रस्तुत गरेकी छन् ।

विगत २४ वर्षदेखि सामाजिक कार्य गर्दै आएकी बिरञ्जनाले महिला सशक्तिकरण, सामाजिक जागरण, व्यावसायिक हकहित, स्वास्थ्य, शिक्षा तथा पर्यटनका क्षेत्रमा समेत काम गरिसकेकी छन् । शक्तिशाली महिला समूहकी अध्यक्ष रहेकी उनले उद्योग वाणिज्य संघ, पञ्चकन्या सामुदायिक वन, रोटरी क्लब, विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध रही आफ्नो सक्रियता दर्शाइसकेकी छन् ।

सुन्दर, शान्त र समुन्नत नगर विकासको लागि उपमेयर पदमा आफ्नो उमेदवारी रहेको बताउँदै उनले नगरको कायापलट गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनको प्रतिबद्धतापत्रमा महिलामैत्री नगर, महिला हिंसा न्यूनीकरण, फोहोरलाई मोहरमा बदल्ने योजना, युवा स्वरोजगार, सीपमूलक कार्यक्रम, कृषिमा आधुनिकीकरण, एक गाउँ एक उत्पादन कार्यक्रमजस्ता थुप्रै प्रतिबद्धता व्यक्त गर्दै आफूलाई नगरवासीले मतदान दिने विश्वास व्यक्त गरेकी छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram