logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

देवचुलीको ओएसिस ईङ्लीस बोर्डिङ स्कुलको भवन समुद्घाटन तथा आइ एस ए विशेष समारोह कार्यक्रम सम्पन्न

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
१९ बैशाख २०७९, सोमबार
Share it

बैशाख १९, देवचुली। देवचुली १७ मा रहेको ओएसिस ईङ्लीस बोर्डिङ स्कुलले भवन समुद्घाटन तथा ISA विशेष समारोह कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ओएसिस ईङ्लीस बोर्डिङ स्कुलका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद तिवारीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि देवचुली नगरपालिकाका नगर प्रमुख नन्दलाल ढकाल रहनु भएको थियो ।IMG_20220502_214611

त्यस्तै गरि विशेष अतिथिमा ब्रिटिस काउन्सिल नेपालका तर्फबाट युवराज तिवारी, बिना कोईराला, शिक्षक अभिभावक संघको अध्यक्ष लक्ष्मण खरेल, साथमा अतिथिहरुमा देवचुली १७ का वडाध्यक्ष बिष्णु प्रसाद आचार्य, देवचुली कलेज रजहरका अध्यक्ष बाबुराम पौडेल, सुर्य प्रसाद न्यौपाने, बरचुली मा बि को तर्फबाट निर्मला रेग्मी, भिमसेन मा बि बाट सत्य नारायण भुसाल, देवचुली मा बि रजहरको तर्फबाट प्रतिनिधि गणेश तमाङ, बरचुली माबी फारम बाट चन्द्र देव तिवारी साथै विभिन्न तवरबाट समाजको निमित्त काम गर्ने सामाजीक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

IMG_20220502_214525

विद्यालयले बिद्यार्थीहरुको बार्षिक नतिजा प्रकाशन गर्ने समयमा पुरस्कार वितरण, भवन समुद्घाटन तथा ISA विशेष समारोह कार्यक्रम एकै साथ् राखेको थियो। देवचुली नगरपालिका स्थित ओएसिस ईङ्लीस बोर्डिङ स्कुलको नवनिर्मित १२ कोठे भवनको नगर शिक्षा अधिकृत नन्दलाल ढकाल बाट समुद्घाटन गरिएको थियो। बिद्यालयले ISA अवार्ड प्राप्तिको भागीदार शिक्षकहरु नै हुन् भन्दै शिक्षकहरुलाई सम्मानस्वरूप फूलका गुच्छा सहितको प्रमाणपत्र हस्तान्तरण गर्दै बिद्यालयलाइ शैक्षिक गुणस्तर बनाउन अझै प्रयासरत रहेको बिद्यालयका प्रवन्ध निर्देशक राजन गौतमले बताउनु भएको थियो।

IMG_20220502_214333

बिद्यार्थीको नतिजा प्रकाशन सँगै नव निर्मित भवन समुद्घाटन,  AC सहितको मन्टेश्वरी हाल समुद्घाटन र बिद्यालयको आफ्नै मोबाईल एप सार्वजनिक गरिएको थियो।

बिद्यालयले कार्यक्रम समापन सँगै पंचेबाजा सहितको प्रभात फेरी कार्यक्रम गरी नगर परिक्रमा समेत गरेको थियो।IMG_20220502_214455

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram