उत्सव आचार्य । नवलपुर। रास्ट्रीय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) का केन्द्रिय उपाध्यक्ष एवं पुर्व मन्त्रि माननीय श्री विक्रम पाण्डे ज्युको उपस्थितिमा देवचुली नगरपालिका वडा नम्बर १५, सालघारी र वडा नम्बर १०, पृथ्वीनगरमा रास्ट्रीय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) वडा कार्यालयको समुत्घाटन कार्यक्रम सुसम्पन्न गरिएको छ।
स्थानिय निर्वाचन लाई लक्षित गर्दै आयोजना गरिएको उक्त जनभेलामा माननीय श्री विक्रम पाण्डे ज्युले पानसमा दिप प्रजोलित गरी राष्ट्र पिता श्री पृथ्वी नारायण शाहको फोटोमा माल्यार्पण गरि वडा कार्यालयहरुको उद्घाटन गर्नु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै देश युक्रेन र अफगानस्थान जस्तै हुन धेरै समय नलाग्ने भन्दै चिन्ता व्यक्त गर्नु भएको थियो। आफ्नो रास्ट्रीयता, मौलिकता बचाउनका लागि जस्तो सुकै विषम परिस्थितिमा पनि रास्ट्रीय प्रजातन्त्र पार्टी कहिलै पछि नपर्ने समेत बताउनु भयो।
कार्यक्रममा स्थानिय निर्वाचनका लागि रास्ट्रीय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) को तर्फ बाट नगर उप-प्रमुखमा उम्मेदावरी दिनु भएका समाजसेवी देवी प्रसाद खनाल ज्युले आफु लामो समय देखि नेपाली कांग्रेसमा आवद्ध रहेता पनि देश र जनता प्रति रास्ट्रीय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) को आस्था लाई आत्मसाथ गर्दै आफुले स्थानिय निर्वाचनमा रा.प्र.पा. को तर्फ बाट उम्मेदावरी दिएको र आफुले निस्वार्थ रुपमा जनताको सेवा गर्नुका साथै सरकार बाट आउने कुनै पनि सम्पूर्ण सेवा सुबिधा आफुले नलिने वाचा गर्दै यस स्थानिय निर्वाचनमा नया नेतृत्व रास्ट्रीय प्रजातन्त्र पार्टी लाई दिन समेत अनुरोध गर्नु भयो।
त्यस्तै देवचुली-१० पृथ्वीनगरमा जन समुदाय लाई सम्बोधन गर्नु हुदै श्री विक्रम पाण्डे ज्युले सुन्दर, शान्त मगर समुदायको बस्ति रहेको यस क्षेत्रमा मगर समुदायको पहिचान झल्कने संग्रालय निर्माणका लागि, होमस्टे संचालनका सम्भावना लाई मुहुर्त रूप दिनका लागि रास्ट्रीय प्रजातन्त्र पार्टीको तर्फ बाट उम्मेदावरी दिएका यम प्रसाद भुसाल सहितको प्यानल लाई मतदान गरि विजयी गराउनु हुन समेत अनुरोध गर्नु भयो।
कार्यक्रममा वडा अधक्ष्यमा उम्मेदावरी दिएका यम प्रसाद भुसालले आफ्नो घोसणा पत्र वाचन गर्दै यस क्षेत्रमा सुन्य ठाउ बाट स्थापना गरिएको रास्ट्रीय प्रजातन्त्र पार्टी (रा प्र पा) लाई आज केहि दिनमा नै ठुलो जनलहरको साथ रहेको मा सम्पूर्ण शुभ-चिन्तकहरुमा कृतज्ञता व्यक्त गर्दै स्थानिय निर्वाचनमा देवचुली-१० मा रास्ट्रीय प्रजन्तात्र पार्टीको विजय निश्चित रहेको समेत जानकारी गराउनु भयो।
रास्ट्रीय प्रजन्तत्र पार्टीको जिल्ला प्रवक्ता गणेश खनालले आज बिहान देखि नै देवचुली नगरपालिकाका विभिन्न ठाउहरुमा रास्ट्रीय प्रजातन्त्र पार्टी का समर्थकहरुले आ-आफ्नो वडामा जनभेला गराएको जानकारी दिए।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली