logo bikalpa
२७ जेष्ठ २०८०, शनिबार
२७ जेष्ठ २०८०, शनिबार

कांग्रेस बुलिङटारले घरदैलो कार्यक्रमलाई तिव्रता दिदै

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
२१ बैशाख २०७९, बुधबार
Share it

रिता लम्साल । नवलपुर । स्थानीय तह निर्वाचनको लागि मतदानको मिति नजिकिएसँगै उम्मेदवारहरुले प्रचारप्रसारलाई तीव्र रुपमा अगाडि बढाएका छन् । उनीहरुले घरदैलो अभियानलाई पनि तिव्रता दिएका छन् ।
बुलिङटार गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरुले पनि घरदैलो अभियानलाई तिव्र रुपमा अगाडि बढाएका छन् ।

गाउँपालिका अध्यक्ष उम्मेदवार शशिकिरण बस्ताकोटीले समुन्नत बुलिङटार बनाउन बाँकी रहेका योजनालाई पूरा गर्दै जनभावना अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, बाटो निर्माणदेखि महिला बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको अधिकार संरक्षण गर्दै सशक्तिकरण गर्ने, सेवा प्रवाहलाई छिटोछरितो गर्ने लगायतका प्रतिवद्धता जनाएका छन् ।
उनले एउटा सिटामल पनि लिन घण्टौ सम्मको उकाली ओराली पैदल यात्रा गरिनु पर्ने बाध्यतालाई यस अघिको कार्यकालमै आफैले हटाइएको बताए । बस्ताकोटीले यस अघिको चुनावमा बुलिङटार १ का माथिल्लो भेगसम्म पैदल यात्रा गरि भो माग्न आएको र उक्त दुःख बुझि आफु निर्वाचित भए लगत्तै पैदल पालिका भित्रका कुना कुनामा मोटर बाटो निर्माण गरिएको स्मरण गरे ।
गाउँपालिका अध्यक्ष उम्मेदवार बस्ताकोटी, उपाध्यक्ष पदका उम्मेदवार दिलमायाँ राना मगर वडा नं १ का वडाध्यक्ष पदका उम्मेदवार दिल बहादुर सूर्यबंशी, महिला सदस्य पदका उमेदवार कमला अस्लामी मगर, दलित महिला सदस्य पदका उम्मेदवार थमिसरा वि.क, खुल्ला सदस्य पदका पदका उम्मेदवार कान्ता बहादुर आले, खुल्ला सदस्य पदका उम्मेदवार लाल बहादुर गरञ्जा मगर सहितको समूहले वडा नम्बर १ का विभिन्न क्षेत्रमा घरदैलो गरेका छन् । समृद्ध बुलिङटार गाउँपालिका बनाउनका लागि मतदाताहरुसँग आग्रह गर्दै मत मागेका उपाध्यक्षका उम्मेदवार राना मगरले बताइन् ।
भोली वडा नं २ का केही स्थानहरुमा घरदैलो तथा कोण सभा गरिने नेपाली कांग्रेस बुलिङटारका सभापति ओमकुमार श्रेष्ठले बताए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram