logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

चलाउने र लोहनीलाई विप्लवले गरे निलम्बन

cropped-bs-author.jpeg
ध्रुब जंग थापा
प्रकाशित मिति:
२२ बैशाख २०७९, बिहीबार
Share it

२२ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बन गरेका छन् ।

स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाएको लगायतका विभिन्न आरोपहरु लगाउँदै चलाउने र लोहनीलाई जिम्मेवारीबाट मुक्त गरी निलम्बन गरिएको हो । केन्द्रीय समितिको सचिवालयलको बैठकको निर्णयबाट उनीहरुलाई निलम्बन गरेको प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि विप्लवले धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए । त्यसपछि चितवनमा बुधबार बसेको बास्तोला र ओली पक्षका नेताहरुको बैठकले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाहीको निर्णय गरेको थियो ।

Prakand-Statement

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram