logo bikalpa
२१ आश्विन २०७९, शुक्रबार
२१ आश्विन २०७९, शुक्रबार

निर्वाचनको अघिपछि लगातार ५ दिन सार्वजनिक बिदा

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
२२ बैशाख २०७९, बिहीबार
Share it

बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको अघिपछि लगातार ५ दिन सार्वजनिक विदा हुने भएको छ ।

३० गते निर्वाचन हुने भएकोले सो दिन सार्वजनिक विदा हुन्छ । ३१ गते शनिवार नियमित विदा हुन्छ । जेठ १ गते आइतबार छ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरि आइतबार सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।

जेठ २ गते बुद्ध जयन्ती छ । बुद्ध जयन्तीको दिन हरेक वर्ष सार्वजनिक विदा हुन्छ । सरकारी पात्रोमा जेठ २ सार्वजनिक विदा नै जनाइएको छ ।

सरकारले बैशाख २९ गते पनि सार्वजनिक विदा घोषणा गर्ने तयारी गरेको छ । कामको सिलसिलामा अस्थायी बसोबास गर्ने मतदातालाई स्थायी थलोमा पुग्न सरकारले निर्वाचनका अघिल्लो दिन नै सार्वजनिक विदा दिने अभ्यास विगतमा पनि रहेको छ ।

मतदान केन्द्र रहेका स्कूल, कलेज, स्वास्थ्य चौकी लगायत सार्वजनिक निकायहरु बैशाख २८ गतेदेखि बन्द गरिने यसअघि नै सरकारले निर्णय गरेको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७ ९८५७०४०४८६ +९७७ ९८६३८३१००४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक : उत्सव आचार्य
प्रबन्ध निर्देशक : उर्मिला शर्मा
सम्पादक : ध्रुव जंङ थापा, सह-सम्पादक : कृष्ण पौडेल

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram