logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

मायाकी खानी

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
२२ बैशाख २०७९, बिहीबार
Share it

रस्मिला कवाङ 'रश्मि'

धेरै लेखिए, पढिए
आमाका वर्णन
आमाका गुनगान
आफ्नी आमा महान्
संसारमा कोही छिन् त
आफ्नी आमा!

बाँकी लेखाइ बुझाइ
फिक्का, अपूरो
मेरो मुटुले जीवन्तता पाएको
त्योभन्दा सुमधुर संगीत
मिठो धून
अहं अर्को केही छैन
त्यस्तो जादू!

साँची! छोरी हुनु भाग्यमानी
अनि आमा बन्नु?
कुनै शब्द सायदै बनेको होला
या त कुनै शब्द नै छैन!
मात्र महसुस गर्न सकिन्छ
मायाको सही अर्थ त्यही रैछ
निस्वार्थ, निश्चल, अपार।

ती हात, आँखाले
हृदयलाई यति विशाल बनाउनु
अनुहारको एक मुस्कानले
अथाह खुसी फुलाउनु
जीवनको सही अर्थ
अनि उत्साह थप्नु
सायद त्यो भाव
एक आमाले नै बुझ्छिन्।

nic

हिजो
हरेक पल जीवनमा
हरेक बाटोमा
आफ्नी आमा हुन्छिन्
आज,
आमासँगै झनै उर्जावान
छोरी पनि छिन्
यस्तो लाग्छ
संसारमा यस्तो खुसी
यस्तो अमूर्त, अमूल्य भाव
अर्को दोश्रो छैन
सबैभन्दा प्यारो
सबैभन्दा मिठो साथ।

ममता त अटुट नै
साहस झनै धेरै
रहरहरू अपार
रंगहरू झनै खुल्छन्
मुस्कानहरू झन् सुन्दर
आँखाहरू झनै प्यारा
विश्वासहरू बलिया
र त,
जीवन सुन्दर छ!

चट्टानसँग लडेर
हरेक समस्याका पहाडसँग
पैठेजोरी खेलेर पनि जित्ने
आमाका अनेक कष्ट छन्
र पनि
कति सजिलै अघि बढ्छन्
तिनै कलिला अनुहार हेरेरै
जीवनका युद्ध जित्छन्
हर अभावमा नि
सबथोक दिन्छिन्
आखिर
आमा न हुन्
शक्तिशाली, मायाकी खानी।

जीवन यति सुन्दर हुनु
आमाको मायाले नै होला
रंगीन हुनु
आमाको छायाले होला
घर यति प्यारो लाग्नु
आमा भएर होला
यति धेरै आस्था रहनु
आमाको साथले होला
साँची,
यस्तो अलौकिक शक्तिको
एक अंश हामी
कहीँ आमाले सोचेजस्तो
आमाको मनभरि
विश्वासभरि
फुल्न सक्छौँ होला र
मगमग सुवास छर्ने
सुन्दर फूलहरूजस्तै!

 

श्रोत - सेतोपाटी

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram