नेत्र शाही
जुम्ला - सिञ्जा क्षेत्रको हिमा गाउँपालिका एक हप्तादेखि टेलिफोनविहीन भएको छ । टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत प्रभाव परेकाे स्थानीय बासिन्दाले बताएका छन् ।
नेपाल टेलिकमका अनुसार हिमा गाउँपालिकाकाे कुडुमा रहेको टावरमा क्षति पुगेकाले टेलिफोन सेवा प्रभावित भएकाे हाे ।
नेपाल टेलिकमका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले टावरकाे हर्नमा क्षति पुगेकाे र हर्न काठमाण्डाैबाट ल्याइँदै गरिएकाे जानकारी दिनुभयाे ।
चुनावकाे समयमा टेलिफोनमा समस्या आएपछि आपसी सञ्चार र समन्वय गर्न कठिन भएको राजनीतिक दलहरुले गुनासाे गरेका छन्। अर्कोतिर बिरामी भएका व्यक्तिलाई अस्पताल ल्याउन एम्बुलेन्स तत्काल नपाउने अवस्था आएकाे स्थानीयकाे गुनासाे छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७ ७८५७५००८,+९७७ ९८६३८३१००४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक / प्रबन्ध निर्देशक : उर्मिला शर्मा