logo bikalpa
१६ आश्विन २०८०, मंगलवार
१६ आश्विन २०८०, मंगलवार

जिम्बाब्वे ‘ए’ टोलीसँगको पहिलो एक दिवसीयमा नेपालकाे खराब प्रदर्शन, जिम्बाब्वेलाई १३७ रनको लक्ष्य

cropped-bs-author.jpeg
ध्रुब जंग थापा
प्रकाशित मिति:
२३ बैशाख २०७९, शुक्रबार
Share it

जिम्बाब्वेको ‘ए’ टोलीसँगको पहिलो एक दिवसीय क्रिकेट श्रृङ्खलामा नेपालले खराब प्रदर्शन गरेको छ । त्रिवि किक्रेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा मात्र १३६ रन बनाएर अलआउट भयो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । यस्तै, करण केसीले २५,  कुशल भुर्तेलले १९, दिपेन्द्र सिंह ऐरी १८ रन बनाए । आशिफ शेख र आरिफ शेखले समान ५/५ रन बनाए भने कप्तान सन्दीप लामिछानेले ४ रन तथा रोहित पौडेलले ३ रन जोडे । यस्तै, मोहम्मद अदिल आलमले २ रन जोड्दा सुशान भारीले कुनै पनि रन जोड्न सकेनन् ।

जिम्बाब्वेका ब्राड इभान्सले ४ विकेट लिए भने भिक्टर न्याउची, सेफास जुआओ र ब्राण्डन माभुताले २/२ विकेट लिए  । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गत अमेरिकामा हुने एक दिवसीय श्रृङ्खलाको तयारीका लागि नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय खेलेको हो ।

भोलि दोस्रो र सोमवार तेस्रो एक दिवसीय हुनेछ । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग खेलेको टी–२० श्रृङ्खला भने बराबरी भएको थियो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram