logo bikalpa
१९ आश्विन २०७९, बुधबार
१९ आश्विन २०७९, बुधबार

गठबन्धनविरूद्ध बोल्ने नेता-कार्यकर्तालाई कारबाही गर्ने देउवाको चेतावनी

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
२४ बैशाख २०७९, शनिबार
Share it

जनकपुरधाम,

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनविरुद्ध बोल्ने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन्।

जनकपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई अब पराजित हुने छुट नभएको बताए।

‘यो भगवान राम-सीताको गठबन्धन भएको पवित्र ठाउँ हो। यहाँ हाम्रो गठबन्धन कमजोर हुँदैन। अहिले देशभरि गठबन्धनको पक्षमा यस्तो माहोल बनेको छ कि त्यो भनेर साध्य छैन,’ उनले भने, ´कतै कतै असन्तुष्टि होलान् तर हामी सबै अनुशासनमा बस्नुपर्छ। गठन्धनको विरोध सह्य हुँदैन। गठबन्धनविरुद्ध बोल्नेलाई पनि पार्टीले कारबाही गर्छ। धेरैलाई गरिरहेको पनि छ।’

उनले चितवनमा केही समस्या देखिए पनि अहिले त्यो समाधान भइसकेको पनि दाबी गरे।

‘गठबन्धनमा कहिँकतै समस्या छैन। चितवनमा अलि अलि समस्या देखिएको थियो तर अहिले सबैलाई हावा खाइसके,’ उनले थपे, ‘बागी बनेर पार्टीको झन्डा बोक्नेलाई कारबाही हुन्छ।’

यस्तै प्रधानमन्त्री देउवाले अब नागरिकताको समस्या पनि समाधान हुने पनि आश्वासन दिए।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७ ९८५७०४०४८६ +९७७ ९८६३८३१००४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक : उत्सव आचार्य
प्रबन्ध निर्देशक : उर्मिला शर्मा
सम्पादक : ध्रुव जंङ थापा, सह-सम्पादक : कृष्ण पौडेल

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram