भरतपुर महानगरपालिकामा मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले गठबन्धन केको लागि बनाइएको भन्दै प्रश्न गरेका छन्।
भरतपुरमा शनिबार आयोजित कोणसभामा बोल्दै उनले गठबन्धन मेलम्चीमा पानी किन नआएको भन्ने विषयमा हो वा सुरूङ मार्ग चाँडो बनाउने विषयमा हो भन्दै प्रश्न गरेका छन्।
‘उनीहरूको गठबन्धन मेलम्चीमा पानी किन चाँडो आएन भनेर हो? सुरूङ मार्ग चाँडो बनाउन हो? बनेपा बर्दिबासको बाटो चारै वर्षमा बनाऔं भन्नेबारे हो? आर्थिक दृष्टिकोणले देश डामाडोल छ त्यसको बारेमा हो?,’ उनले प्रश्ने गरे।
यस्ता विकास निर्माणका कामका लागि गठबन्धन नगरी नाता पर्नेहरूलाई पद दिनको लागि बनाइएको उनले आरोप लगाए।
भरतपुरमा सत्ता गठबन्धनले मेयरमा माओवादीकी रेनु दाहाललाई टिकट दिएपछि असन्तुष्ट हुँदै पौडेलले बागी उम्मेदवारी दिएका थिए।
उम्मेदवारी फिर्ता लिन भने पनि नलिएपछि कांग्रेसले उनलाई पार्टीबाट निष्कासन गरेको थियो। त्यसपछि उनी स्वतन्त्रबाट उठेका छन्। उनले यसपटक 'भुइँकटहर' चुनाव चिन्हबाट चुनाव लड्दैछन्। श्रोत - सेतोपाटी
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली