logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

नारायणगढ-मुग्लिन सडकखण्डमा ठूलो पहिरो खस्यो,आज खुल्ने सम्भावना न्यून

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
२४ बैशाख २०७९, शनिबार
Share it

चितवन,पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज साँझ ७ः३० बजे इच्छाकामना गाँउपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।

मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दुरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात संचालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव जस्तै छ ।

मुग्लिनहुँदै नारायणढ तर्फ आउने सवारीसाधन मुग्लिनमा रोकिएका छन् भने नारायणगढबाट मुग्लिन हुँदै जाने सवारीसाधनलाई जुगेडीतर्फनै रोखिएको छ । पहिरो हटाउन सुरु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram