चितवन- चितवनको रत्ननगर नगरपालिकामा सत्ता गठबन्धनले घरदैलो तथा कोणसभा तीब्र पारेको छ । शनिबार रत्ननगरको वडा नं ११ र १२ मा सत्ता गठबन्धनका उमेदवारहरुले चुनावी कार्यक्रमअन्तर्गत घरदैलो तथा कोणसभाहरु सम्पन्न गरेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उमेदवार प्रह्लाद सापकोटा र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरेलगायत नेता, कार्यकर्ताहरुले नगरवासीको घरदैलोमै पुगेर मत माग्नुका साथै नगरवासीको अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
वडा नं ११ आयोजित कोणसभामा मेयर पदका उमेदवार प्रह्लाद सापकोटाले २५ वर्ष कांग्रेसले नेतृत्व गर्न नपाउँदा रत्ननगरले विकासको फड्को मार्न नसकेको भन्दै गठबन्धनको जितसँगै रत्ननगरलाई रत्नजसरी चम्काउने बताए ।
उमेदवार सापकोटाले भने, ‘हामीसँग नगरविकासको योजनासहित समृद्ध नगरलाई सार्थक बनाउन विषयविज्ञहरु हुनुहुन्छ । उहाँहरुको सल्लाह, सुझाव र परामर्श लिएर नगरवासीको सपना पूरा गर्छु ।’ यस्तै गठबन्धनले रत्ननगर वडा नं १२ मा विशाल मोटर ¥यालीसहित कोणसभा आयोजना गरेको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली