logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

भरतपुरको मौलाकालिका अस्पतालको चरम लापरबाही, खुट्टाको रड निकाल्दा तिवारीको मृत्यु

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
२७ बैशाख २०७९, मंगलवार
Share it

चितवन, वैशाख २७-

भरतपुरको मौलाकालिका अस्पतालमा उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । खुट्टाको रड निकाल्न आएका माडी नगरपालिका वडा नम्बर ५ का रामप्रसाद तिवारीको आज दिउँसो मृत्यु भएको हो । सामान्य उपचारका लागि आएका तिवारीको मृत्युभएपछि परिवारले अस्पताल घेराउ गरेको छ । ५२ वर्षीय मृतक तिवारी बगौंडा मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षसमेत रहेका छन् ।

अस्पतलाको चरम लापरबाहीले गर्दा बिरामीको मृत्युभएको मृतकका भाई प्रजापति तिवारीले आरोप लगाए । उनले भने, ‘जंगलमा लागेका आगो निभाउने क्रममा दाई घाइते हुनुभएको थियो । गत चैतमा यही अस्पतालमा ५ दिन राखेर खुट्टामा रड हालेर लिएर गएको हो । आज त्यो रड निकाल्न आउदा उहाँको मृत्यु भयो ।’ मृतक तिवारीको आफ्नै छोरी सात वर्षदेखि सो अस्पतालको नर्सको काम गर्दै आइरहेकी छन् । उनीलाई पनि केही थाहा नभएको परिवारका सदस्यको भनाइ छ ।

मृतकको कुरुवा बसेका ज्वाइ दिल्लीराम आचार्यले अस्पताल जोगिनका लागि परिवारलाई जानकारी नदिइ भरतपुर अस्पताल रिफर गरेको बताए । उनले भने, ‘म उहाँको कुरुवा बसेको थिए । अपरेसन थेटरमा उहाँलाई लगियो । एकछिन पछि डक्टरहरु हस्याङ्फस्याङ गर्न थाले । मलाई केही जानकारी भएन । एकै चोटी हामीलाई प्राइभेट गाडीमा भरतपुर अस्पताल लगियो । हाम्रो बिरामी त्यहाँ लगेको हामीलाई थाहानै थिएन । अस्पतालले मृत घोषणा गरिदियो ।’

मौलाकालिकाले अप्रेसन गर्ने टिम सानो भएकोले भरतपुर अस्पताल रिफर गरेको बताएको आचार्यको भनाइ छ । साथै बिरामीको रिपोर्ट अस्पतालले लुकाएको बताए । नसक्ने भएपछि अस्पतालले कसैको ज्यान जोखिममा राखेर काम गर्न नहुने उनको भनाइ छ । न्याय नपाएसम्म तिवारी परिवार कतै टसमस नहुने उनले बताए ।
यता भरतपुर अस्पतालका सुचना अधिकारी डा. गोपाल पौडेलले भने अस्पताल ल्याउनुपूर्वनै तिवारीको मृत्यु भइसकेको नारायणी अनलाइनलाई जानकारी दिएका छन् । ‘बिरामीको जिउको रक्षा गर्नका लागि भरतपुर रिफर गरिएको थियो तर, बिरामी मृत अवस्थामा थिए,’ उनको भनाइ छ ।

मृतक तिवारीको उपचार डा. विश्वराज अधिकारीले गरेका थिए । मौलाकालिका अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले भने अस्पतालले कुनै लापरबाही नगरेको दाबी गरेका छन् । ‘रड निकाल्ने क्रममा रक्त नलीमा बोसो पस्दा, त्यसले फोक्सोमा हुने रक्तसञ्चारलाई बन्द हुन गयो र अथक प्रयास गर्दा पनि हामीले उहाँलाई बचाउन सकेनौं,’ उनले भने । बिरामीलाई बचाउने प्रयासमा परिवारलाई छिटो जानकारी दिन नसकेको अधिकारीले बताएका छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram