नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं १० नदवामा जय गुर्गा पेट्रोल पम्प र पेप्सी कम्पनीको अगाडि ठूलो सडक दुर्घटना भएको छ । पुर्व देखि पश्चिम दिशातिर गईरहेको टिप्पर र पश्चिम देखि पुर्व दिशातिर गैरहेको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको घटनास्थलमा ज्यान गएको स्थानियले बताएका छन् ।
टिप्पर गति तिब्र भएको कारणले उक्त मोटरसाइकललाई लगभग १०० मिटिर सम्म अगाडि टिप्परले किचेर लगेको प्रत्यक्षदर्शीले बताएका हुन ।
घटनास्थलमा निधन भएका मोटरसाइकल चालक रामग्राम नगरपालिका वडा नं ६ अैचावलका हरिद्वार यादव हुन उनको पुरानो घर अैचावल र नया घर पोखरापालीमा पनि छ । उनी परासीदेखि पोखरापालि आउने क्रममा बुधबार लगभग ८ बजेर ४५ मिनेटमा सडक दुर्घटना भएको जानकारी स्थानियबासीले दिएका हुन। अहिले टिप्पर प्रहरीको नियन्त्रणमा रहेको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली