वैशाख ३१,काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेश प्रसाद पाण्डे नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मुल्य बढाउने निर्णय गरेको हो ।
अब पेट्रोलको खुद्रा मूल्य १० रुपैया बढेर प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली