logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा कांग्रेसका सजरुद्धिन मुसलमान निर्वाचित

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
८ जेष्ठ २०७९, आईतवार
Share it

८ जेठ, बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सजरुद्धिन मुसलमान निर्वाचित भएका छन् । आइतबार सकिएको मत गणनामा उनी जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्तालाई हराउँदै निर्वाचित भएका हुन् ।

मुलसमानले नौ हजार ५७२ मत प्राप्त गर्दा गुप्ताले ६ हजार २ मत प्राप्त गरेका छन् । नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी कल्पना हरिजन निर्वाचित भएकी छन् ।

हरिजनले ६ हजार ५९० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सवनम जहाँ शेषले ६ हजार १४५ मत प्राप्त गरेकी छन् । २०७४ को चुनावमा यहाँ स्वतन्त्र उम्मेदवार मनमोहन चौधरी निर्वाचित भएका थिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram