logo bikalpa
२३ जेष्ठ २०८०, मंगलवार
२३ जेष्ठ २०८०, मंगलवार

बलात्कार मुद्दामा हदम्याद बढाउन नेविसंघको माग

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
८ जेष्ठ २०७९, आईतवार
Share it

जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघले बलात्कारको घटनामा हदम्यादको व्यवस्था संशोधन गर्न माग गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मालाई संघले ज्ञापनपत्र बुझाउँदै तर नेपालमा बलात्कार सम्बन्धी व्यवस्था संशोधन गर्न माग गरिएको छ ।

‘बलात्कारविरुद्ध मुद्दा दर्ता गर्ने हद म्याद एक वर्ष मात्रै रहेको व्यवस्थाले गर्दा धेरै पीडितहरु न्याय खोज्नबाटै वञ्चित हुनु परिरहेको छ ।’ संघका अध्यक्ष दुजाङ शेर्पाले भने,‘यौन हिंसाबाट पीडितलाई विशेष न्याय सम्पादन ऐनको तर्जुमा गरी पीडितलाई न्याय दिलाउन मन्त्री जीलाई सुझाव दिएका छौं ।’

मुलुकी फौजदारी संहिता, २०७४ को बलात्कार सम्बन्धि प्रावधान (दफा २२९) संशोधन गरी बलात्कारविरुद्ध मुद्दा दर्ता गर्न पाउने हदम्याद लम्ब्याउन संघले माग गरेको छ

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram