काठमाडौँ – कञ्चनपुरमा ११ वर्षीया नाबालिगलाई करिणी गरी आरोपीले आत्महत्या गरेका छन्।
भीमदत्त नगरपालिका ९ का ३४ वर्षीय दिनेश मालीले ११ वर्षीय बालिकालाई करणी गरेका हुन्। करणीपछि माली आफैले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।
घटनास्थलबाट बालिका उम्केपछि स्थानीयले घेरा हालेका थिए। प्रहरीलाई बोलाएर आरोपित थुनिएको ठाउँमा पुग्दा माली कोठाभित्रै प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। डिएसपी शाहका अनुसार नाबालिका पसल जान घरबाट निस्किएको अवस्थामा उनले नियन्त्रणमा लिएर करणी गरेका थिए।
भागेर बाच्न सफल भएकी बालिकालाई प्रहरी र स्थानीयले अस्पताल पुर्याएका थिए। प्रहरीका अनुसार घटना मंगलबार भएको हो। बालिकाको कञ्चनपुरकै ट्रमा अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली