logo bikalpa
२७ जेष्ठ २०८०, शनिबार
२७ जेष्ठ २०८०, शनिबार

सुनिताले भनिन् ‘महानगरको साझा प्रतिनिधि भएर काम गर्छु’

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१३ जेष्ठ २०७९, शुक्रबार
Share it

काठमाडौँ – काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले इमान्दारिताका साथ कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

उपमेयरमा निर्वाचित भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल जारी गर्दै महानगरबासी सबैलाई धन्यवाद दिएकी छन्

‘मैले मेरो जितमा उत्साहित हुने भन्दा पनि तपाईंहरुले म माथि गरेको परीक्षामा सफल हुनै पर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको अनुभूति बढी गरेकी छु ।

तपाईंहरुले मलाई विश्वास गरेर हरेक मतपेटिकामा खसालेका मतपत्रलाई मैले मेरो पाँच वर्षे कार्यकालका लागि दिएको कार्यभारका रुपमा ग्रहण गरेकी छु । म मेरो कार्यकालमा तपाईंहरुले दिनुभएका कार्यभारहरु इमान्दारिताका साथ कर्तव्यनिष्ठ भई पूरा गर्न लागि पर्नेछु ।’ उनले फेसबुकमा उल्लेख गरेकी छन् ‘युवाप्रति अथाह भरोसा गरेर काठमाडौँ जस्तो महत्वपूर्ण महानगरपालिकामा काठमाडौँ महानगरवासी मतदाताले मलाई विजयी गराउनु भएको छ । त्यसैले यो तपाईंहरुको विश्वासलाई शीरमा राख्दै शासक होइन सेवक भएर काम गर्ने प्रण पनि व्यक्त गर्न चाहन्छु ।’

निर्वाचनपछि मतगणना सम्पन्न भई परिणाम प्राप्त भएसँगै जित–हारको मनोविज्ञानलाई त्यहि अन्त्य गर्न पनि उनले आग्रह गरेकी छन् । जित–हारको मनोविज्ञानलाई त्यागेर अब काठमाडौँ महानगरको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई अघि बढाउने प्रण व्यक्त गरेकी छन् । काठमाडौँको विकास र समृद्धिका लागि म कुनै पनि ठाउँमा बाधक नबन्ने उनले घोषणा गरेकी छन् ।

‘निर्वाचनमा मैले जनतासामु गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि पनि सम्बन्धित सबैले सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई पालना गरी सबै मिलेर यो काठमाडौं महानगरलाई साँचिकै स्वच्छ, सुन्दर, जीवन्त, व्यवस्थित र सांकृतिक नगरका रुपमा थप विकास गर्न दत्तचित्त भई लागि परौं भन्ने पनि आह्वान गर्न चाहन्छु ।’ उनले उल्लेख गरेकी छन् ।

एमालेका मतदातासहित आफ्नो विपक्षमा मतदान गरेका र सम्पूर्ण महानगरबासीको सपना पुरा गराउने उनको भनाई छ । ‘उपमेयरमा निर्वाचित भएसँगै मेरो विपक्षमा मतदान गर्नुहुने मतदाताहरुको समेत सम्मान गर्दै तपाईँहरुले गरेको विश्वास र भरोसालाई अधुरो हुन नदिन म मेरो कार्यकाल भरी मेरो योग्यता, क्षमता र बर्कतले भ्यायसम्म काठमाडौँ महानगरवासीको साझा जनप्रतिनिधिको हैसियतमा काम गर्ने प्रण व्यक्त गर्न चाहन्छु ।’ उनले उल्लेख गरेकी छन् ।

‘साँस्कृतिक सहरको परिचय बनाएको काठमाडौँ महानगरपालिकामा सवै जिल्लाका नागरिक बसोवास गर्ने भएकाले पनि अन्य पालिकाको तुलनामा यो पालिका थप विशिष्ट छ । हो, मैले यहि विशिष्ट पहिचान बनाएको महानगर ‘काठमाडौँ महानगरपालिका’बाट उपमेयर पदको उम्मेदवार बन्ने सुनौलो अवसर प्राप्त गरेकी थिएँ । पार्टी र संगठनमा लामो योगदान गर्नुभएका, काठमाडौँको थप विकास र समृद्धिको आकाक्षां राख्नु भएका, यस सहरलाई सांस्कृतिक सहरका रुपमा विकास भएको हेर्न चाहनु भएका, अनुभवी र अग्रज व्यक्तित्वहरुले समेत मेरो उम्मेदवारीलाई सहजरुपमा स्वीकार गर्दै मलाई जितका लागि दिएको हौसला र प्रेरणालाई मैले कृतज्ञताका साथ ग्रहण गरेकी छु ।’ उनले फेसबुकमा लेखेकी छन् ।

उपमेयर डंगोलले राजनीतिलाई फोहोरी खेल भन्दै निरास बनेका युवाहरुको मनोविज्ञानले पनि आशाको दियो बाल्दै आफूहरुजस्ता युवामाथि भरोसा गर्नुलाई थप चुनौतिका रुपमा लिएकी छन् ।

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर, ३२ वटै वडाबाट विजयी भएका सम्पूर्ण वडाध्यक्ष र सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।

निर्वाचन प्रक्रियामा सहभागी हुने मतदाताहरु, स्थानीय आदिवासीहरु, मतदान सम्पन्न भएपछि अहोरात्र खटेर मतगणना कार्यलाई सहज बनाउन सकारात्मक भूमिका खेल्ने निर्वाचन अधिकृतलाई पनि उपमेयर डंगोलले धन्यवाद दिएकी छन् ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram