१५ जेठ, काठमाडौं । पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको खुलेको छ ।
पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि सम्पर्कमा आएको देखिएन । उनका अनुसार अहिले जोमसोममा रहेको प्रभु हेलिकोप्टरको जहाज जोखिमा उडेको छ । मौसम सामान्य नै देखिएको रिर्पोटिङ आएको उनले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार यो जहाज आइतबार विहान तेस्रो उडानका क्रममा रहेको थियो । मौसम सामान्य रहेका कारण अघिल्ला उडानहरू सहजै भएको उनले बताए ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली