१६ जेठ, काठमाडौं । हिजोदेखि हराइरहेको तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ ।
मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए । हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज बेपत्ता भएको छ । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि खोजी कार्य सुरु गरिएको हो । यद्यपि मौसम प्रतिकूल भएकाले खोज्न कठिन भएको प्रजिअ शर्माले बताए । ‘पूरै बादलले ढाकेको छ, तत्काल खुल्ने सम्भावना कम छ,’ प्रजिअ शर्माले भने, ‘यद्यपि हेलिकोप्टर र पैदल दुवै तर्फबाट खोजी सुरु गरिएको छ ।’
उनका अनुसार नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली मानापाथी हिमालतर्फ र नेपाली सेनाको अर्को एउटा टोली निलगिरि हिमालतर्फ खोज्न गएको प्रजिअ शर्माले जानकारी दिए ।
उनका अनुसार एउटा हेलिकोप्टर आज बिहान ५ बजेतिर नै उडिसकेको छ । अर्को एउटा हेलिकोप्टर पनि उडाउने तयारी गरिएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली