logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

सत्ता गठबन्धनको बैठक बस्दै

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१६ जेष्ठ २०७९, सोमबार
Share it

१६,जेठ,काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो ३ बजे बस्नेछ । स्थानीय तह निर्वाचन र आइतबार सार्वजनिक बजेटको समीक्षा गर्नका लागि बैठक बस्न लागेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।                                              ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि सत्ता गठबन्धनको बैठक दोस्रो पटक बस्न लागेको हो । पहिलो बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेको बैठकले सबै ठाउँको निर्वाचन परिणाम आएपछि मात्र चुनावी समीक्षा गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram