काठमाडौँ – नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गाकुमारी विश्वकर्माले सवारी सञ्चालन अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया छिटोछरितो बनाउन माग गरेकी छन्।
उनले लाइसेन्स बनाउन महिनौँ कुर्नुपर्ने स्थिति रहेको बताइन्। संसद्मा बोल्दै उनले प्रश्न गरेकी छन्, ‘लाइसेन्स बनाउने क्रममा महिनौँ महिना कुर्नुपर्ने स्थिति छ। छिटो छरितो किन हुन सकेन?’
उनले यातायात कार्यालयलाई व्यवस्थित गर्दै सवारी लाइसेन्स छिटो दिन प्रणालीगत सुधार गर्नुपर्नेमा जोड दिइन्।
सवारी लाइसेन्सको फारम भर्नै अहिले समस्या छ। यातायात व्यवस्था विभागले सेवालाई चुस्त नबनाएको भन्दै सर्वत्र विरोध हुँदै आएको छ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली