logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुल गान्धीलाई १० घण्टा सोधपुछ

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
३१ जेष्ठ २०७९, मंगलवार
Share it

एजेन्सी – भारतमा नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा कांग्रेस नेता राहुल गान्धीसँग सोमबार १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिएको छ।

थप सोधपुछका लागि राहुललाई आज पनि बोलाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रवर्तन निर्देशनालयले नेशनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा सोधपुछको लागि राहुल गान्धी र कांग्रेस प्रमुख सोनिया गान्धीलाई बोलाएको थियो।

योंग इन्डियन प्रालिविरुद्धको उजुरीलाई ट्रायल अदालतले नोट गरेपछि एजेन्सीले हालै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो।

राहुलको सोधपुछलाई लिएर प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले विरोध जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले विपक्षीहरूको आवाज बन्द गर्न प्रवर्तन निर्देशनालय र अन्य केन्द्रीय निकाय प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ।

पार्टीले आफ्ना नेताविरुद्धका आरोप ‘नक्कली र आधारहीन’ भएको र भाजपाले ‘बदलाको राजनीति’ गरेको आरोप लगाएको छ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram