logo bikalpa
१४ मंसिर २०८०, बिहीबार
१४ मंसिर २०८०, बिहीबार

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि ११ मन्त्रीले जवाफ दिने

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
१ असार २०७९, बुधबार
Share it

काठमाडाैँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्‍नेछ।

पछिल्ला दिनमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएकाे प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिइरहेका छन्। आज ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

संसद सचिवालयका अनुसार गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिनेछन्।

सांसद प्रेम सुवाल, दुर्गा पौडेल, शिवमाया तुम्वाहाङफे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, गोकर्ण विष्ट, जुली कुमारी महतो, आशा कुमारी बिक, नरबहादुर धामी, भानुभक्त ढाकाल, वसन्त कुमार नेम्वाङ, पद्यमा आर्याल, बिमला बिक, लालबाबु पण्डित, गोकुल बास्कोटा, यज्ञराज सुनुवार, सूर्य पाठक, भीम रावल, नवराज शिलवाल, दीपक प्रकाश भट्ट, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङले राखेको खर्च कटौतीको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेकाे।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram