logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

को हुन् बजेटगेटका ‘सिए साप्’? खुल्यो परिचय

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
२ असार २०७९, बिहीबार
Share it

काठमाडौँ – बजेट संसद‌्‌मा पेस हुनु केही घण्टा पूर्व सिंहदरबारस्थित अर्थ मन्त्रालयमा घुसी ‘कर’ बारे सुझाव दिएका भनिएका व्यक्ति कुनै अर्थमन्त्री जनार्दन शर्माले भनेजस्तो चार्टर्ड एकाउन्टेन्ट नभएर एउटा निजी कम्पनीका प्रतिनिधि भएको खुलासा भएको छ।

अर्थमन्त्री शर्माले अर्थसचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर तथा अन्य दुई सहसचिवसँग आफूसँग रहेका एक व्यक्तिलाई ‘सीए साप’का रूपमा परिचय गराउँदै उनले दिएको सुझाव आफ्नै सुझाव मानी बजेटमा सामेल गर्न निर्देशन दिएका थिए। अर्का बाहिरी व्यक्ति भन्सारका नायब सुब्बाका रूपमा अवकाशप्राप्त रघुनाथ घिमिरे रहेको खुलासा भइसकेको छ।

संसद्‌मा आफ्नो बचाउ गर्दै मन्त्री शर्माले सबभन्दा पहिला ‘अन्नपूर्ण पोस्ट्’ दैनिकमा आएको यो समाचार भ्रामक र कपोलकल्पित भएको दाबी गरेका छन् भने बजेट लिक गरेर राष्ट्रविरुद्ध गद्दारी नगरेको सफाइ पनि दिइरहेका छन्।

शर्माले संसद्‌बाट सूचना लुकाए पनि व्यक्तिको खुलासा केही व्यक्तिसमक्ष भइसकेको ‘जानकार’ स्रोतले दाबी गर्‍यो। रघुनाथ घिमिरेले परिआउँदा सघाउने ‘इनफिनिटी होल्डिङ्स’ कम्पनीकै फाइनान्सियल डाइरेक्टर सिंहदरबार पुगेका ‘सीए साप’ थिए। ‘उनी वास्तवमा सीए हैनन र उनी एक गैर नेपाली नागरिक हुन्’, स्रोतले भन्यो।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram