काठमाडौँ – आज शुक्रबार प्रदेश १ र मधेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसबाहेक बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।
राति प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
शनिबार राति प्रदेश १, मधेश, बागमती र गण्डकीका केही, लुम्बिनीका थोरै र अन्य प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव छ।
अन्य प्रदेशका भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली