काठमाडाैँ- पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने भएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भाेलि (शनिबार) उक्त प्रतियोगिता हुने भएको हो।
साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो। पैतालीस किलोमिटर दूरीको सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए।
महिला र पुरुष विधामा प्रतियोगिता हुनेछ। पोखरा-१६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत स्थान हुँदै सोही स्थानमा नै आएर सम्पन्न हुने छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार पछिल्लो समय साइक्लिङमा धेरैको रुचि बढेकाले प्रतियोगताका माध्यमबाट साइक्लिङलाई खेलकै रूपमा विकास गर्न मद्दत पुग्ने बताउनुहुन्छ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली