logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

ताप्लेजुङमा पहिरोमा परी सासू-बुहारी बेपत्ता

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
३ असार २०७९, शुक्रबार
Share it

काठमाडाैँ- ताप्लेजुङको सिरीजंघा गाउँपालिका-७ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर सासू र बुहारी बेपत्ता भएका छन्।

वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन्।

तुलसा सासू र यशोदा बुहारी हुन्। यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन्।

पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ। थप विवरण आउन बाँकी छ।अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठूल्ठूला पहिरो झरेका छन्।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram