logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
४ असार २०७९, शनिबार
Share it

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी भइरहेको छ। सन् २०१६ देखि दुबई निर्वासनमा रहेका मुशर्रफको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ।

स्रोतका अनुसार मुशर्रफलाई एयर एम्बुलेन्समार्फत पाकिस्तान फर्काउने तयारी भइरहेको छ। पाकिस्तानी मिडियाका अनुसार उनी बाँकी जीवन स्वदेशमै बिताउन चाहन्छन्। परिवारले प‍नि मुर्शरफलाई पाकिस्तान ल्याउने निर्णय गरिसकेको छ।

पूर्वराष्ट्रपति मुशर्रफ विगत ६ वर्षदेखि उपचारका लागि दुबईमा छन्। मुशर्रफको स्वास्थ्यमा समस्या आएको खबर सार्वजनिक भएपछि गठबन्धन सरकारको प्रमुख घटक पाकिस्तान मुस्लिम लिग-नवाज (पिएमएल-एन) र सैन्य नेतृत्वले पूर्वराष्ट्रपतिलाई स्वदेश फर्कन चाहेको खण्डमा स्वदेश ल्याउनुपर्ने बताएको थियो।

पिएमएल-एन प्रमुख नवाज सरिफले गतसाता गठबन्धन सरकारलाई मुशर्रफलाई पाकिस्तान फर्कन चाहेको खण्डमा सहजीकरण गर्न आग्रह गरेका थिए।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram