logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

नेपालको कुरिलो विदेश निर्यात, वार्षिक २० लाख आम्दानी

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
६ असार २०७९, सोमबार
Share it

काठमाडौँ – नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ।

भरतपुर महानगरपालिका-२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ।

एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए।

उनले भने,‘यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ। मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन्। उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन्।’ एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उनको भनाइ छ।आफूहरूले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उनको गुनासो छ। विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आएका छन्।कुरिलो व्यवसाय दुई बिगाह क्षेत्रफलमा गर्दै आएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिए। कुरिलो व्यवसायबाट मात्रै वार्षिक २० लाख रुपौयाँ आम्दानी गर्ने गरेको उनले बताए। वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको उनको भनाइ छ।

भरतपुर महानगरमा व्यावसायिकरुपमा कुरिलो खेती आफूले मात्रै गरेको बताउदै उनले उत्पादनको समयमा बजार मूल्य नपाउँदा समस्या हुने गरेको बताए। उनले भने, ‘कुरिलो उत्पादनका लागि वैशाखदेखि भदौसम्मको समय उत्तम भएपनि सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ।’

बजारमा स्वस्थ प्रतिस्पर्धा नहुँदा समस्या रहेको उनले गुनसो गरे। अहिले बजारमा कुरिलोको मूल्य प्रतिकिलो ३०० रुपौयाँ रहेको छ।

कुरिलो मात्रै नभएर तरकारीमा विचौलिया नियन्त्रण हुनसके राम्रो मुनाफा हुने उनले जानकारी दिए। आफू २५ वर्षको उमेरदेखि कृषि कर्ममा लागेको बताउँदै उनले नेपालमानै काम गरे विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने बताए। उनले भने, ‘कहिले नाफा कहिले घाटा बेहोर्न सक्नुपर्छ। विदेश जानुपर्ने अवस्था आउँदैन।’

उनले १८ बिगाह क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। सो जग्गामध्ये दुई बिगाह आफ्नो हो भने अन्य जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गरेका हुन्।

सुवेदीको बारीमा अहिले काँक्रो, फर्सी, घिरौला, चिचिन्डा, बोडी, लौकालगायतका तारकारी उत्पादन भइरहेका छन्। उत्पादित तरकारीको अहिले बजार मूल्य न्यून रहेको उनले बताए।

उनले भने, ‘तरकारीको मूल्यको कुरा गर्नेहो भने लागत मूल्य पनि उठ्न कठिन छ।’ बुवाआमाले विसं २०५० देखि गर्दै आएको यो व्यवसाय भएकाले आफूले यसलाई व्यावसायिकरूप दिएको उनको भनाई छ।

कुरिलो र तरकारीलाई व्यावसायिकरुपमा खेती गर्दै गर्दा पनि अहिलेसम्म राज्यका कुनै निकायको यसतर्फ ध्यान जान नसकेको उनको गुनासो छ। उनले भने,‘राज्यले कृषिमा दिने अनुदान किसानको हितमा छैन।’

शक्तिको आडका आधारमा अनुदान दिइने गरेको जनाउँदै उनले वास्तविक किसानले अहिलेसम्म अनुदान पाउन नसकेको बताए।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram