logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

मनोज पाण्डे पुर्पक्षका लागि थुनामा

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
६ असार २०७९, सोमबार
Share it

काठमाडौँ- काठमाडौं जिल्ला अदालतले सौन्दर्य प्रतियोगिताका क्रममा सहभागीलाई यौन दुर्व्यवहार गर्ने मनोज पाण्डेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। उनलाई डिल्लीबजार कारागार पठाइएको छ।

काठमाडौँ जिल्ला न्यायाधिवक्ता गंगा पौडेलका अनुसार मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका पाण्डेलाई काठमाडौं अदालतले सोमबार पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो। न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डेलाई थुनामा पठाउन आदेश दिएको हो।

उनीमाथि दुईवटा मुद्दामा अनुसन्धानपत्र दर्ता गरेकामा बाल यौन दुर्व्यवहारको मुद्दामा भने अदालतले १ लाख रुपैयाँ धरौटी माग गरेको छ।

आठ वर्षअघि पाण्डेले सौन्दर्य प्रतियोगिताका एक सहभागी किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो।पाण्डेलाई सरकारी वकिल कार्यालयले १० देखि १५ वर्ष कैद सजाय र ५० हजारदेखि १ लाख रूपैयाँ क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram