logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

युक्रेनी बालबालिकालाई सहयोग गर्न रुसी पत्रकारले बेचे ‘नोबेल पुरस्कार’

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
७ असार २०७९, मंगलवार
Share it

एजेन्सी – स्वतन्त्र अखबार नोभाया गजेटाका रूसी प्रधान सम्पादक दिमित्री मुरातोभले युक्रेनको युद्धबाट विस्थापित बालबालिकालाई सहयोग गर्न आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको स्वर्ण पदक १०३.५ मिलियन डलरमा लिलामीमा बिक्री गरेका छन्।

हेरिटेज अक्सनले न्युयोर्कमा आयोजना गरेको बिक्रीमा उक्त पदक अज्ञात बोलपत्रदातालाई बेचिएको थियो। ती व्यक्तिले फोनमार्फत पदक किनेका थिए।

मुरातोभले सन् २०२१ मा फिलिपिन्सकी पत्रकार मारिया रेसासँगै पुरस्कार जितेका थिए। नोबेल समितिले उनीहरूलाई ‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने प्रयासको लागि’ सम्मान गरेको थियो।

सोभियत संघको पतन पछि उनी सन् १९९३ मा नोभाया गजेटा स्थापना गर्ने पत्रकारहरूको समूहमा थिए। पत्रिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको कार्यनीतिको आलोचना गर्दै आएको छ।

रुसले युक्रेनमा आक्रमण गरेको एक महिनाभन्दा बढी समयपछि मार्चमा पत्रिकाको सञ्चालनमा अवरोध आएको थियो।

क्रेमलिनको रक्तपातपूर्ण सैन्य अभियानको आलोचना गर्ने कसैलाई पनि कडा जेल सजाय दिने कानून ल्याएपछि सञ्चालनमा अवरोध आएको थियो।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram