काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँको बागबजारको धारा र ट्युवबेलको पानीमा हैला फैलाउने जीवाणु भेटिएको जनाएको छ।
काठमाडौँमा हैजाका बिरामी भेटिएपछि बागबजारको धारा र ट्युवबेलको पानीको परिक्षण गरिएको थियो। परीक्षण गर्दा पानीमा हैजा फैलाउने जीवाणु भेटिएको प्राधिकरणले जनाएको छ।‘हिजो बागबजारको धारा र ट्युवबेलको पानीमा हैजा फैलाउने जीवाणु भेटियो। बर्खाको समयमा पानी प्रदुषित हुने जोखिम धेरै हुन्छ। पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने गरौँ,’ प्राधिकरणले सामाजिक सञ्जाल ट्वीटर मार्फत सर्वसाधरणलाई सजग हुन भनेको छ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली