logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

२५ अर्बभन्दा बढीको बजेट ल्याउने काठमाडौँ महानगरको तयारी

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
९ असार २०७९, बिहीबार
Share it

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ। महानगरको चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो।

आगामी आवका लागि चालु आवको भन्दा सात अर्बभन्दा बढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्। आगामी आवको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने उनले बताइन्।

चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनजस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ।

चालु आवमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट विनियोजन गरिएको थियो।

चालु आवकै बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ तीन अर्ब ७५ करोड ७७ लाख रुपैयाँ, आर्थिक विकास क्षेत्रमा ५५ करोड  रुपैयाँ, सामाजिक विकासमा रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासमा रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु एक अर्ब १५ करोड विनियोजन गरिएको थियो।

आगामी वर्षका लागि महानगरले शुक्रबार बजेट ल्याउन तयारी गरेको छ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram