logo bikalpa
१४ मंसिर २०८०, बिहीबार
१४ मंसिर २०८०, बिहीबार

भारतमा थप सत्र हजारभन्दा बढी कोरोना सङ्क्रमित

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१० असार २०७९, शुक्रबार
Share it

पछिल्लाे २४  घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।

एक दिन अगाडि भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका थिए।

हाल भारतमा ८८ हजार २८४ सक्रिय सङ्क्रमित रहेका बताइएकाे छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.२० प्रतिशत हो।

पछिल्लो एक दिनमा तेह्र हजार २९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ४९ हजार ५६ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८.५९ प्रतिशत रहेको छ।

कोरोना सुरु भएदेखि हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९०० भन्दा बढीको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा जनाइएको छ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ९६ करोड ७७ लाख डोज खोप लगाइएको जनाइएको छ।

त्यहाँ कोरोना सङ्क्रमण सुरु भएबाट हालसम्म ८५ करोड ९८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram