logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

रासायनिक मलको विकल्पमा गड्यौला मलको प्रयोग गर्दै किसान

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
११ असार २०७९, शनिबार
Share it

काठमाडौँ – यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन्।

नेपाल-भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन्। केही किसानले भने गड्यौला मलको उत्पादन थालेका छन्।

कैलालीको टीकापुर नगरपालिका-१ का ललित थापाले तीन वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आएका छन्। उनले गड्यौला मल उत्पादन गर्न थालेपछि रासायनिक मलको खोजिमा दौडनु परेको छैन। थापाले व्यावसायिक रूपमा गड्यौला मलको उत्पादन गर्न थालेपछि अन्य किसानको मागलाई समेत उनले पूर्ति गर्दै आएका छन्।

माटोको उर्बरा शक्ति बढाउने भएका कारण पछिल्लो समय व्यावसायिक कृषिखेती गर्नेका लागि गड्यौला मल निकै उपयोगी हुन थालेको थापा बताउछन्।‘मैले वार्षिक २०० क्विन्टल गड्यौला मल उत्पादन गर्दै आएको छु। अहिलेको उत्पादनले माग पूरा गर्न सकिरहेको छैन’, उनले भने, ‘किसानले गड्यौला मललाई जैविक मलको रूपमा प्रयोग गर्दै आएका छन्। केही वर्षपछि मात्रै त्यसको परिणाम आउने भएकोले छोटो समयमै नाफा कमाउने किसानका लागि लाभदायक नभए पनि माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गड्यौला मल निकै उपयोगी छ।’

गाई भैँसीको मलमूत्र र सड्ने झारपातको प्रयोग गरी गड्यौला मल तयार पारिन्छ। चौपायाको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौला राखिन्छ र गड्यौलाले त्यसलाई आफ्नो आहाराको रूपम खाने र त्यहीँ दिशा गर्ने भएकाले त्यसैलाई मलको रूपमा प्रयोग गरिने थापा बताउछन्।

माटोलाई चिस्यान बनाई राख्ने भएकाले पनि गड्यौला मल माटोको लागि निकै लाभदायी भएको मल उत्पादक किसान बताउँछन्। गड्यौला मल बनाउँदा गाईको पिसाब प्रयोग गरिने भएकाले खेतीमा लाग्ने रोगमा पनि कमी आउने गरेको नरेश रावल बताउछन्। उनले चार वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आएका छन्।

व्यावसायिक पशुपालनमा लागेका रावल पशुबाट उत्पादन भएको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौलालाई राखेर मल उत्पादनमा लागेका हुन्। ‘मैले यसलाई व्यावसायिकरुपमै त लिएको छैन तर खेतीका लागि भने गड्यौला मल ठिक छ’, उनले भने,‘सुरूवातमै रासायनिक मलको जस्तो प्रतिक्रिया गड्यौला मलको देखिँदैन। पछिका लागि र माटोको उर्बरा शक्ति कायम राख्न यो महत्वपूर्ण छ।’ उनले वार्षिक २०० क्विन्टल गड्यौला मल उत्पादन गर्दै आएका छन्।

प्रचारप्रसारको कमी र मलको बारेमा किसानलाई बुझाउन नसक्दा अझै पनि गड्यौला मलबारे शङ्का रहेको किसान यज्ञराज जैशी बताउछन्। उनले मल प्रयोग गर्न थालेको एक दुई वर्षपछि मात्रै प्रभाव देखिने गरेकाले किसानले त्यसको वास्तविकता बुझ्न नसकेको बताए।

‘हामीलाई पनि सुरुमा निकै चिन्ता थियो। अहिले खेती राम्रो मात्रै होइन माटोमा समेत सुधार आएको छ’, उनले भने, ‘माटोका लागि गड्यौला मल जति उपयोगी अरु कुनै छैन।’ किसानले गड्यौला मलको अत्यधिक माग गरिरहेको बताए।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram