logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

रुपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१२ असार २०७९, आईतवार
Share it

भैरहवा – रुपन्देही नेपालकै सबैभन्दा बढी कोरोनाभाइरसविरुद्धको खोप लगाउने जिल्ला रहेको पाइएको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार नेपालका सरदर ९६ प्रतिशत लक्षित समूहले कोरोनाविरुद्धको पहिलो खोप र ८५ प्रतिशत नागरिकले पूर्ण खोप लिए पनि रुपन्देहीमा यो तथ्यांक शतप्रतिशतभन्दा बढी छ।

हालसम्म १२ वर्षभन्दा माथिका नागरिकहरुलाई कोरोना खोप दिएकोमा रुपन्देहीमा लक्षित समूहको १०२ प्रतिशतले पहिलो र १०५ प्रतिशत अर्थात ८ लाख ४२ हजारले पूर्ण खोप लिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए।

रुपन्देहीमा ८ लाख ३५ हजार ७९० जना १२ वर्षमाथिका लक्षित समूह थिए। अन्य जिल्लाबाट काम गर्न आउन, सुरक्षाकर्मी, तथा बसाइ गरिरहेका नागरिकले पनि रुपन्देहीबाट खोप लिएकोले लक्षितभन्दा बढी प्रतिशत देखिएको हो।

अन्य जिल्लामा पहिलो डोज खोप लगाएका तथा अन्य जिल्लाबाट बसाइसराइ गरी आएकाहरुले समेत दोस्रो डोजको खोप लगाएको कारण यहाँ मात्रा बढेको शर्माको भनाइ छ।

पूर्ण खोप लिएकामध्ये तीन लाखले बुस्टर खोपसमेत लिइसकेको कार्यालयले जानकारी दिएको छ। चैतबाट सुरु भएको बुस्टर खोप उक मात्रा लगाइने गरिएकोमा १८ वर्षमाथिका ७ लाखमध्ये सो संख्यामा उक्त खोप लिएका छन्।

नेपालको १३ जिल्लामा खोप लगाउनेको संख्या ७० प्रतिशत भन्दा कम रहेकोमा सो सूचिका लुम्बिनी प्रदेशको एक जिल्ला मात्रै परेको छ।

समग्रमा प्रदेशको खोप लिनेको संख्या सन्तोष जनक भए पनि बाँकेमा मात्र ६८ प्रतिशतले पूर्ण खोप लिएका छन्। रुपन्देहीमा भने लक्ष्यभन्दा बढीले खोप लिएका छन्। पहिलो मात्रा लिने र दोस्रो मात्रा लिनेको संख्यामा कमि आएपनि लक्षित समूहभन्दा बढीले खोप लिइसकेका खोप अधिकृत शर्माले जानकारी दिए।

रुपन्देही पूर्ण खोप जिल्लाको पंक्तिमा छ। १६ पालिका रहेको रुपन्देहीमा सात पालिका पूर्ण खोप घोषणा भइसकेको छ भने अन्य पालिकाहरु पूर्ण खोप लिई घोषणाको प्रक्रियामा छन्।

रुपन्देहीको सैनामैना, तिलोत्तमा, मर्चवारी, ओमसतिया, रोहिणी, सियारी सुद्धोधनले पूर्ण खोप घोषणा गरिसकेको खोप अधिकृत शर्माले भने।

हालसम्म १२ वर्षभन्दा बढीका नागरिकलाई खोप लगाइएकोमा, शनिबारबाट रुपन्देहीमा ५ देखि ११ वर्षका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको छ।

दुई चरणमा लगाइने गरी जर्मन बायोटेक्नोलोजी कम्पनी को बायोटेकले अमेरीकी कम्पनी फाइजरको खोप हो।

९१ प्रतिशत बढी खोपको प्रभावकारिता रहेको फाइजर बायोएनटेक खोप सबैभन्दा सुरक्षित छ। रुपन्देहीमा १० लाख ८७ हजार कुल जनसंख्या रहेकोमा ५ देखी ११ वर्ष उमेर समूहका एक लाख ४४ हजार ८५५ जनालाई खोप दिइने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram