logo bikalpa
२७ जेष्ठ २०८०, शनिबार
२७ जेष्ठ २०८०, शनिबार

खार्पुनाथ गाउँपालिकाका विद्यार्थीमा पनि देखियो ठेउलाको लक्षण

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१३ असार २०७९, सोमबार
Share it

सिमकोट – खार्पुनाथ गाउँपालिका–३ स्थित हुम्ला मावि रायका विद्यार्थीमा ठेउलाको लक्षणसँग मिल्नेजुल्दो (चिकेनफक्स) रोगको लक्षण देखिएको छ।

उक्त रोग एक महिनादेखि विद्यार्थीमा देखिँदै आएको हो। विद्यालयका सूचना अधिकारी टेकबहादुर बुढाका अनुसार ५०–६० जना विद्यार्थीमा यो रोगको लक्षण देखिएको छ। उनले कुनै विद्यार्थीको घाँटीभित्र पनि खटिरा देखिएका कारण खानपिन गर्न नसकिने अवस्था आएको बताए।

उक्त रोग देखिएका विद्यार्थीलाई स्कुलमा आउन प्रतिबन्ध लगाइएको छ। यो रोग देखिएका विद्यार्थीमा स्वास्थ्यचौकीले इन्जेक्सन लगाएपछि सन्चो भएको स्वास्थ्यचौकीका संयोजक विरसिंह राउलले जानकारी दिए।

उक्त रोगको परीक्षण गर्न भने बाँकी नै छ । अन्य विद्यार्थीमा समेत उक्त रोगको लक्षण देखिँदै गएको खण्डमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आउन सक्ने गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले बताए।

यसअघि उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रवासमा बस्दै आएका ठूलो संख्यामा विद्यार्थीलाई ठेउला (चिकेनफक्स) रोग देखिएको थियो। उक्त गाउँपालिका–४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलाको लक्षणसँग मिल्ने देखिएको सो रोगको आशंका गरिएको हो।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहका अनुुसार एक जना विद्यार्थीमा देखिएको आशंका गरिएको ठेउला रोग ५७ जना विद्यार्थीमा सरेको थियो।

विद्यार्थीमा लागेको रोगको लक्षण पूरै ठेउलासँग मिल्दोजुल्दो देखिएको उनले जानकारी दिए। ठेउला रोग सरेका विद्यार्थीमा अनुहार, शरीर र पाखुराभरि ठेउलाजस्तै फोका आएका छन्।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram