logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

वीरगञ्ज नाका भएर नेपालद्वारा ४५ करोडको कुकुर बिरालोको खाना विदेश निर्यात

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१३ असार २०७९, सोमबार
Share it

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर चालु वर्ष ०७८÷७९ को पछिल्लो ११ महिनाको अवधिमा ४५ करोडभन्दा बढीको कुकुर बिरालोको खाना विदेश निर्यात भएको छ।

नेपालले विदेशी मुलुकमा वीरगञ्ज भन्सार नाका भएर ११ महिनाको अवधिमा ४५ करोड ४ लाख ३७ हजार बराबरको कुकुर बिरालोको खाना विदेशमा निर्यात गरेको हो।

यस अवधिमा नेपालले कुल ३ लाख २ हजार १ सय ६ किलोग्राम कुकुर बिरालोको खाना नेपालले विदेशमा निर्यात गरेको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकले देखाएको छ।

यो गत आर्थिक वर्षको भन्दा १ लाख ४२ हजार १ सय ६ किलोग्राम कुकुर वा बिरालोको खाना बढी नेपालले निर्यात गरेको हो । गत आर्थिक वर्षको यसै अवधिमा भने नेपालले २१ करोड २३ लाख ५७ हजार बराबरको कुल १ लाख ६० हजार किलोग्राम कुकुर बिरालोको खाना निर्यात गरेको थियो।चालु वर्षको ११ महिनामा नेपालले वीरगञ्ज भन्सार नाका भएर २० वटा वस्तु विदेशमा निर्यात गरेको छ। जसमा कुकुर बिरालोको खाना निर्यातको स्थानमा १३ आँै नम्बरमा छ। वीरगञ्ज नाका भएर मुख्य रुपमा नेपालबाट भटमासको प्रशोधित तेल, प्रशोधित पाम तेल, सूर्यमुखीको प्रशोधित तेल, फलफूलको जुस, जमोठ कपडा, सेन्थेटिक यार्न, पिनालगायत वस्तु निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram