logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

अमेरिकन पेस्तोलसहित नेपाल–भारत सीमाबाट तीन जना पक्राउ

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१३ असार २०७९, सोमबार
Share it

जनकपुरधाम – धनुषाको सीमावर्ती क्षेत्रबाट अमेरिकी पेस्तोल सहित तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मुजफ्फरपुर ७ साहेबगंजका २९ वर्षीय राहुल रंजन, २० वर्षीय उज्वल कुमार र २६ वर्षीय संजय कुमार रहेको सशस्त्र प्रहरीले जनाएका छन्।

सोमबार सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीको कमाण्डमा खटेको सशस्त्र प्रहरीको टोलीले धनुषाको विदेह नगरपालिका १ महिनाथपुर स्थित सीमानाकामा जकपुरधामबाट भारत तर्फ जाँदै गरेको बिआर ०६ एपी ३००८ नम्बरको मारुति सुजुकी कारलाई चेकजाँच गर्दा सिटमुनीबाट मेड इन युएसए लेखिएको ७।६५ राउन्ड एक थान लोड भएको पेस्तोल बरामद गरेको छ।

तीनै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएका छन्।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram