काठमाडौँ – पछिल्लो समय काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हैजाका बिरामी भेटिएपछि सर्वसाधारणमा त्रास बढेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म काठमाडौँमा १२ जनामा हैजा पुष्टि भइसकेको छ। त्यसमध्ये ८ जना निको भएर घर फर्किसकेका र बाँकीको उपचार भइरहेको महाशाखाले जनाएको छ।
यसैबीच हैजाबारे जानकारी दिनका लागि काठमाडौँ महानगरपालिकाले हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ। हटलाइन टेलिफोन सेवा चौविसै घण्टा सञ्चालनमा रहने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिएका छन्। ११८० मा फोन गरेर हैजाबारे जानकारी लिन सकिने उनको भनाइ छ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँ महानगरपालिकाले आजदेखि हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छौँ। ११८० मा फोन गरेर आवश्यक जानकारी लिन सकिने छ।’
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली